कोरोना भाइरसको सन्देहमा दुई जर्मनी नागरिक फुन्चोलिङ अस्पतालमा भर्ना

जयगाउँ : सिमान्त क्षेत्र भूटानको फुन्चोलिङ शहरमा आज दुईजना जर्मनी नागरिकलाई कोरोना भाइरस भएको सन्देहमा फुन्चोलिङ सरकारी अस्पतालमा राखिएको छ। सूत्रले बताए अनुसार भारत भूटान सीमान्तको सबै गेटमा कोरोना भाईरसबारे जाँच गरेपछि मात्र भुटान जान दिने गरिएको छ। आज जाँच अवधि दुईजना जर्मनी नागरिकलाई जाँच गरिँदा तिनीहरूको तापमान अधिक रहेको थाहा पाएपछि तिनीहरूलाई फुन्चोलिङ सरकारी अस्पताल पुर्याउनको साथै जाँच शुरू गरिदिएको छ। उक्त जर्मनका नागरिक लिएर आएका एकजना सिक्किमका चालक अनि जयगाउँका एकजना सहयोगीलाई पनि भाइरसको सन्देहमा अस्पताल पुर्याए तापनि दुवैजनालाई पछि डिस्चार्ज गरियो। आज ती जर्मनी नागरिकहरूको खुनको सेम्पल थिम्फु रेफरल अस्पताल पठाइएको साथै यसको रिपोर्टको पर्खाइमा रहेको बताइएको छ। यस समाचारले जयगाउँ शहर अनि फुन्चोलिङ शहरमा सनसनी मच्चिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *