कोरोना भाइरसको कारण सिलगढीमा रङ्गको बद्लीमा फुलको होली खेलिने

सिलगढी : जेबी सेवा ट्रस्टको तर्फबाट आगामी 8 मार्चदेखि वर्द्धमान रोडस्थित कलवार प्यालेसमा होली मिलन समारोहको आयोजना गरिने भएको छ। यस वर्ष  होली अलग ढङ्गमा मनाइने भएको छ। होली उत्सवमा रङ्गको बद्लीमा फुलको प्रयोग गरिने बताइएको छ। प्रत्येक वर्ष ट्रस्टको तर्फबाट होली उत्सवको आयोजना गर्ने गरिन्छ। आज एउटा पत्रकार सम्मेलनमा जेबी सेवा ट्रस्टका अध्यक्ष बिपिन बिहारी गुप्ताले चीनको कोरोना भाइरसको प्रभाव विभिन्न देशहरूमा परिरहेको छ। केमिकलबाट बनिएको रङ्गहरूको बद्लीमा यस वर्ष फुलको प्रयोग गरिने भएको छ। यस उत्सवमा वृन्दावनबाट कलाकार आउने साथै शहरमा पहिलोपल्ट यस प्रकारले वृन्दावनबाट कलाकारहरू ल्याएर फुलको होलीको आयोजना गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *