कोरोना भाइरसको प्रभावले डुवर्सको भोरेर आलो सुनशान, व्यवसायीहरू चिन्तित

राजगञ्ज : कोरोना  भाइरसको आतङ्कले गर्दा गत केही दिनदेखि डुवर्सको गजलडोबास्थित भोरेर आलोलगायत वरिपरिका क्षेत्रहरूमा घुम्न आउने पर्यटकहरूको सङ्ख्या निक्कै कम्ती भएको छ। प्रत्येक वर्ष यस समय  गजोलडोबास्थित “भोरेर आलो”-मा मानिसहरूको भीड अधिक देखिने गरे तापनि हाल देश-विदेशमा कोरोना भाइरसको आतङ्कले गर्दा गत केही दिनदेखि पर्यटकहरू यहाँ घुम्न आउन छोडिसकेको स्थानी मानिसहरूको भनाइ रहेको छ। यसको साथै पर्यटकहरू घुम्न आउन छोडेपछि यहाँका व्यवसायीहरू चिन्तित बन्न पुगेका छन्। गजोलडोबाको “भोरेर आलो” डुवर्स घुम्न आउने पर्यटकहरूको लागि एउटा आकर्षणको केन्द्र हो। यहाँ नौका बिहार, पक्षी उद्यान, होटलहरू लगायत फास्टफुटका दोकानहरू रहेको छ। हाल कोरोना भाइरसको कारण उक्त पर्यटन स्थलमा पर्यटकहरू आउन छोडेपछि व्यवसायीहरू चिन्तित बन्नको साथै परिस्थिति स्वाभाविक बन्ने प्रतीक्षामा दिन बिताइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *