कोरोना भाइरसलाई केन्द्र गरेर असम-बङ्गाल सीमामा स्क्यानिङ प्रक्रिया शुरू

अलिपुरद्वार : कोरोना भाइरसलाई लिएर देशभरि नै आतङ्कको माहौल देखा परेको छ। राज्य सरकारको निर्देशअनुसार आजदेखि अलिपुरद्वार जिल्ला स्वास्थ्य विभागले असम-बङ्गाल सीमाको बारोबिशामा इस्ट-वेस्ट कोरिडोरबाट यातायात गर्ने सबै वाहन चालक र यात्रीहरूको स्क्यानिङ गर्ने प्रक्रिया शुरू गरेको छ। जिल्ला स्वास्थ्य विभागको तर्फबाट आगामी 15 दिनसम्म लगातार उक्त स्क्यानिङ गरिने साथै आवश्यक परेको खण्डमा स्क्यानिङको समय सीमा पनि बढाइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *