कोरोना भाइरसले गर्दा उत्तरबंग विश्वविद्यालयको शिक्षामूलक भ्रमण रद्द

सिलगढी : हाल देशका विभिन्न ठाउँहरूमा पनि कोरोना भाइरसको आतङ्क देखापरेपछि उत्तरबङ्ग विश्वविद्यालयको विभिन्न विभागहरूको शिक्षामूलक भ्रमण रद्द गरिदिएको छ। देश-विदेशमा अहिले कोरोना भाइरस सङ्क्रमण भइरहेको समाचारहरू प्रकाशमा आइरहेकोले गर्दा नै उत्तरबंग विश्वविद्यालय प्रबन्धन पक्षले विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर उक्त निर्णय लिएको बताइएको छ। उत्तरबङ्ग विश्वविद्यालय आर्टस विभागका डीन डा. सञ्चारी राय मुखर्जीले बताएअनुसार देशभरि कोरोना भाइरसलाई लिएर मानिसहरू आतङ्कित छन्। विभिन्न विभागहरूको पूर्व निर्धारित कार्यक्रमअनुसार पर्यवेक्षण एवम् शिक्षामूलक भ्रमण रहे तापनि हाल उक्त भ्रमणलाई रद्द गरेको तिनले जानकारी गराइन्। युजीसीद्वारा दिएको निर्देशलाई पालन गर्दै विश्वविद्यालय प्रबन्धनले उक्त निर्णय लिएको साथै कोरोना भाइरसबाट बाँच्नको लागि विभिन्न विभागहरूमा आवश्यक पहल गरिरहेको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *