कोरोना भाइरस संदिग्ध महिला रायगञ्ज मेडिकल कलेजमा भर्ना

रायगञ्ज : उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज मेडिकल कलेज एवम् अस्पतालमा कोरोना भाइरसले सङ्क्रमण रहेको सन्देहमा एउटी महिलालाई भर्ना गरिएको छ। रायगञ्ज ब्लकको महाराजा इलाका निवासी उक्त महिलालाई ज्वरो र श्वास लिनमा असुविधा हुँदा चिकित्सकहरूले प्राथमिक जाँच गरेपछि कोरोना भाइरसले सङ्क्रमित भएको आशंका गरेको बताइएको छ। प्राप्त जानकारीअनुसार आइतबार राति उक्त महिलालाई अस्पतालमा भर्ना गरेपछि हाल अस्पतालको एउटा अलग्गै कोठामा राखिएको छ। तथापि, राज्य सरकारको निर्देशानुसार रायगञ्ज मेडिकल कलेजमा कोरोना भाइरस संदिग्ध रोगीहरूको लागि छुट्टै आइसोलेशन वार्ड तयार गरिए तापनि वार्डमा ताला लगाइएकोले उक्त महिलालाई आज आइसोलेशन वार्डमा स्थानन्तरित गर्न नसकिएको बताइएको छ। यस विषयमा अस्पतालका स्वास्थ्य कर्मीहरूले बताएअनुसार मेडिकल कलेजका अधिकारीहरूसँग टेलिफोन मार्फत् सम्पर्क नभएको साथै यसबारे तिनीहरूको निर्देश नपाएकोले उक्त महिलालाई अक्सिजन लगाएर अस्पतालको एउटा कोठामा राखिएको छ। यस घटनाले गर्दा रायगञ्ज मेडिकलका कर्मचारीहरू, चिकित्सक, रोगी तथा तिनका परिवारका सदस्यहरूमा आतङ्कको माहौल छाएको छ। अर्कोतिर, यस सम्बन्धमा हालसम्म मेडिकल कलेज तथा जिल्ला स्वस्थ्य विभागका अधिकारीहरूको तर्फबाट कुनै प्रतिक्रिया नपाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetmaltbahiscasinopermobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibompusulabetsekabetmatbetimajbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes