कोटाकी महारानी उतरा देवी आइपुगिन् कुचबिहार

कुचबिहार : पाँच वर्ष पछि फेरि राज कन्या तथा कोटाकी महारानी उतरा देवी बिहिवार साँझ कुचबिहार आइपुगेकी छन्। तिनले शुक्रवार बिहान कुचबिहारको कुल देवता मदन मोहन मन्दिरमा गएर पूजा अर्चना गर्नको साथै अञ्जलि पनि दिइन्। यस अवधि मदन मोहन मन्दिरको दर्शन गर्नको साथै तिनले यहाँको परिभ्रमण पनि गरिन्। महारानीलाई देवत्र ट्रस्ट बोर्डको तर्फबाट मदन मोहनजी-को एउटा फोटो फ्रेम उपहार स्वरूप प्रदान गरियो। यस अवधि महारानीसित भेट गर्न पाएकोमा मानिसहरू खुशी हुनुको साथै तिनीसित सेल्फी लिइनेहरूको पनि भीड़ देखियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *