कफ सिरप, गाई-गोरूलगायत अन्य सामग्रीहरू जफत

सिलगढी : सीमा सुरक्षा बलको सीमान्त मुख्यालय उत्तर बङ्गाल एवम् यसको अधीनस्थ बटालियनले गत राति 2 हजार 1 सय 25 बोतल प्रतिबन्धित कफ सिरप र 22 वटा गाई-गोरूलगायत अन्य सामग्रीहरू जफत गरेको छ। गत राति 2 हजार 1 सय 25 बोतल प्रतिबन्धित कफ सिरप र 22 वटा गाई-गोरूलगायत अन्य सामग्रीहरू भारतबाट बङ्ग्लादेश लैजाने उद्देश्यले लगिरहेको समय जवानहरूले जफत गरेको सीमान्त मुख्यालयका उप महानिरीक्षक राजीव रञ्जन शर्माले बताए। जफत गरेको उक्त सामग्रीहरूको आनुमानित बजार मूल्य 5 लाख 72 हजार 044 रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *