काउन्सिलर निखिल साहनीद्वारा वार्ड कम्युनिटी हलको उद्घाटन

सिलगढी : सिलगढी नगरनिगमको 18 नम्बर वार्डस्थित नेताजी सुभाषचन्द्र बोस कम्युनिटी हलको वार्ड काउन्सिलर तथा 3 नम्बर बोरो चेयरम्यान निखिल साहनीले आज विधिवत् रूपमा उद्घाटन गरे। विकास कोषबाट 17 लाख रुपियाँको लागतमा उक्त भवनको निर्माण गरिएको बताइएको छ। उक्त वार्डका मानिसहरूको धेरै दिन अघिदेखि कम्युनिटी हलको निर्माण गर्ने मागअनुसार नै उक्त दुई तले भवन निर्माण गरेको निखिल साहनीले बताए। उक्त कम्युनिटी हलको निर्माणले स्थानीय मानिसहरूको कुनै कार्यक्रमको आयोजना गर्न निक्कै सुविधा हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *