को-भ्याक्सिनको दोस्रो खोप लगाउन नपाएपछि मानिसहरूद्वारा स्वास्थ्य केन्द्रमा विक्षोभ

सिलगढी : सिलगढी 5 नम्बर वार्डको नतुनपाडा स्वास्थ्य केन्द्रमा आज कोरोना भ्याक्सिनको दोस्रो खोप लगाउन आएका मानिसहरूले भ्याक्सिन लगाउन नपाएपछि विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर खालपाडा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेपछि आक्रोशित मानिसहरूले पुलिसलाई घेरेर विक्षोभ प्रदर्शन गरे। कोरोनाको भ्याक्सिन लगाउन आएका मानिसहरूको आरोप अनुसार घण्टौँ लाइनमा उभिएर कोरोना भ्याक्सिनको पहिलो खोप लगाए तापनि हाल विभिन्न स्वास्थ्य केन्द्रमा गएर भ्याक्सिनको दोस्रो खोप लगाउन नपाएपछि घर फर्किन बाध्य भएको बताइएको छ। यसले गर्दा साधारण मानिसहरू समस्यामा परेका छन्। यसैगरी, कोरोनाको खोप लगाउन आएका मानिसहरूले बताएअनुसार गत जुन महिनामा नतुनपाडा स्वास्थ्य केन्द्रबाट को-भ्याक्सिनको प्रथम डोज लगाएको आज 28 दिनपछि दोस्रो डोज लगाउन उक्त स्वास्थ्य केन्द्रमा जाँदा त्यहाँबाट चम्पासरीको अर्को एउटा स्वास्थ्य केन्द्रमा जाने सल्लाह दिए। यसपछि चम्पासरी स्वास्थ्य केन्द्रमा जाँदा स्वास्थ्यकर्मीहरूले हालसम्म तिनीहरूलाई कोरोनाको कुनै खोप नलगाएको भनेपछि खोप लगाउन गएका मानिसहरूले क्षोभ प्रकट गरे। यसलाई लिएर आज बिहानैदेखि नतुनपाडा स्वास्थ्य केन्द्र बाहिर मानिसहरूले विक्षोभ प्रदर्शन गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *