कोभिड 19–बारे घैयाबारीको लोअर गैरी गाउँमा सचेतना कार्यक्रम

खरसाङ: बिमलपन्थी गोजमुमो घैयाबारी खण्ड समितिको आयोजनामा आज खरसाङ खण्ड अन्तर्गत घैयाबारीको लोअर गैरी गाउँस्थित सार्वजनिक भवनमा कोभिड 19 –बारे एउटा सचेतना कार्यक्रम सम्पन्न गरियो। घैयाबारी क्षेत्रका 17 वटा समाजहरू र 4 वटा गैर सरकारी संस्थाहरूलाई लिएर सम्पन्न उक्त सभालाई बिमलपन्थी युवा मोर्चा घैयाबारी खण्ड समितिका सभापति दिप सन्यासीले अध्यक्षता गरेका थिए भने युवा मोर्चाका घैयाबारी खण्ड समितिको सचिव सन्दीप प्रधानले सञ्चालन गरेका थिए। कार्यक्रममा वर्तमान कोरोना भाइरसमाथि सचेतना गराउँदै यसको रोकथाममा के-कस्तो पहलहरू गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरियो। उक्त सचेतना कार्यक्रममा बिमलपन्थी तीनधारे- महानदी समष्टिका संयोजकद्वय सुरेशचन्द्र दर्नाल र ऐतमान राई, खरसाङ महकुमा समितिका सदस्य विवेक मोक्तान, युवा मोर्चाका केन्द्रीय सदस्य योगराज प्रधान आदिले वक्तव्य राखे। आजको कार्यक्रम विषयमा बोल्दै युवा मोर्चाका सभापति दिप सन्यासीले घैयाबारी क्षेत्रका 17 वटा समाजहरूलाई लिएर कोरोना भाइरससित जुँझ्न र सचेत गराउन कार्यक्रम गरिएको साथै गोजमुमो अध्यक्ष बिमल गुरुङले प्रदान गरेको सर सामानहरू सामाजिक रूपमा सबैलाई के-कस्तो प्रकारले वितरण गर्नु भन्ने विषयमा चर्चा गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *