कोभिड 19-बारे नागरी पुलिसको व्यापारी संगठनका प्रतिनिधिहरूसित सचेतना सभा

सुकेपोखरी: कोरोना संक्रमणलाई यस क्षेत्रमा निमिट्यान्नै पार्ने उद्देश्य लिएर आज नागरी आउट पोस्ट पुलिसले स्थानीय सामाजिक संस्था हिमालयन हार्बिन्जर्स फाउण्डेसन अनि व्यापारी संगठनका प्रतिनिधिहरूसित एउटा सचेतना सभा गऱ्यो। सभामा नागरी फार्मको प्रत्येक दोकानहरुमा अबदेखि मास्क अनि सेनिटाइजर अनिवार्य रूपमा प्रयोग गरेर मात्र ग्राहकहरुले सामाग्री किन्न पाउने निर्णय लिनको साथै सामाजिक दुरीलाई अनिवार्य रुपमा पालन गरेर कोभिड संक्रमणदेखि सुरक्षित रहने पुलिसले सबैलाई अपिल गरेको छ। सभामा दोकान अथवा सार्वजनिक स्थलमा पनि मास्क र सेनिटाइजर प्रयोग अनिवार्य रूपमा गरेर सरकारको नियमलाई ध्यानमा राखेर स्थानीय नागारिकहरुले सामाजिक दुरी बनाई राख्ने कुरामा थाना प्रभारी एएसआई दिपेन जोशी र व्यापारी संगठनका पेम्बा लेप्चाले विशेष जोर दिए।


यस प्रसङ्गमा मास्क प्रयोग नगर्ने नागारिकमाथि आवश्यकता परेको खण्डमा कोभिड प्रोटोकलको उल्लङ्घन गरेको विरुद्ध कानुनी कार्वाही गर्न पुलिस प्रशासन बाध्य हुने एएसआई जोशीले सबैलाई चेतावनी समेत दिएका छन्। कोभिड संक्रमणको प्रभावलाई लिएर कसैले लापार्वाही गर्न नहुने तथा एकजनाको सानो गल्तीले सम्पूर्ण नागरिलाई यसको प्रभाव पर्ने हुनाले यस विषयमा सबैले गम्भीर बनेर आफू लगायत परिवार तथा अन्यको सुरक्षाको लागि सोच्नु पर्ने बताए। यहाँको बस स्टान्ड परिसरमा मानिसहरुको अधिक भीड़ रहने हुनाले स्थानीय दोकानदार तथा वासिन्दाहरुले एक आपसको सुरक्षालाई लिएर सचेतना अप्नाउनु आजको आवश्यकता रहेको थाना प्रभारी दिपेन जोशीले बताए|


Leave a Reply

Your email address will not be published. Required fields are marked *