कोभिड 19-बारे सुकेपोखरीमा सभा साथै जनचेतना कार्यक्रम

सुकेपोखरी : अस्तित्व युथ क्लब धजे बस्तीद्वारा प्रत्येक समाजका सभापति, सचिव, रोमन क्याथोलिक चर्चका फादर सिस्टर्स तथा गाउँका सम्पूर्ण अनुभवी व्यक्तिहरूको उपस्थितिमा एउटा महत्वपूर्ण सभा एवम् जनचेतना कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा कोभिड 19-बाट आफू बाँच्ने र अरूलाई पनि बचाउनको लागि धजे बस्तीका प्रत्येक मानिस तथा वाहनका चालकहरूले अनिवार्य रूपमा मास्क सेनिटाइजर प्रयोग गर्ने साथै सामाजिक दूरी पालन गर्ने अनुरोध गरियो। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङद्वारा मास्क, सेनिटाइजर र पीपीई किट्स उपलब्ध गराएको बारेमा पनि कार्यक्रममा जानकारी गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *