कोभिड 19-को जाँच अब दार्जिलिङ र कालेबुङ अस्पतालमा हुने

कालेबुङ : पश्चिम बंगाल सरकारले  कोभिड 19-को जाँचको लागि दार्जिलिङ अनि कालेबुङ जिल्लामा मसिन जडान गरिदिने भएको छ। यसबारे जीटीए चेयरम्यान अनित थापाले जानकारी दिएका छन्। तिनले बताएअनुसार उक्त मसिन ब्याट्रीबाट चल्नेछ भने एकपल्टमा दुईवटा कोरोनाको रोग सम्बन्धी नमुनाको जाँच गरेपछि लगभग एक डेढ घण्टाको अवधि रिपोर्ट प्राप्त गर्न सकिन्छ। जीटीए-ले स्वास्थ्य अनि परिवार कल्याण मन्त्रालय, भारत सरकारलाई पहाडमा कोरोना संक्रमणको परीक्षण प्रयोगशाला स्थापना गर्ने अनुरोध गरे तापनि हालसम्म पुरा नगरेको तिनले बताए। अर्कोतिर, राज्यका मुख्यमन्त्रीले पहाडमा कोभिड 19-को जाँच गर्नको लागि 3 वटा मसिन जडान गरिदिने भएकोमा जीटीएको तर्फबाट चेयरम्यान अनित थापाले कृतज्ञता प्रकट गरेका छन्।


(फाइल फोटो)


Leave a Reply

Your email address will not be published. Required fields are marked *