‘कोभिड 19 सङ्घर्ष’ पुस्तकको लोकार्पण गरिने

मिरिक: साहित्य सुनौं परिवार मिरिकको कोभिड 19 सङ्घर्षनाम गरेको पुस्तकको आगामी 7 मार्च लोकार्पण गरिने भएको छ। कोविड 19 पुस्तक साहित्य सुनौ परिवारको तेस्रो अङ्क हो भने यस अघि दुईवटा कथा सङ्ग्रह प्रकाशित भइसकेको छ। साहित्य सुनौं परिवारसङ्ग आवद्ध सदस्य कवि, कथाकारहरूको कोभिड 19-को सङ्क्रमण कालमा सरकारद्वारा जारी गरिएको लक डाउनमाथिको प्रभाव र अनभूतिलाई लेखक, कविहरूले लेखिएको कविता, कथा तथा अन्य रचनाहरू उक्त पुस्तक कोविड 19 सङ्घर्ष-मा समावेश गरिएको छ। साहित्य सुनौं परिवार अध्यक्ष कमला राई पुरीको अध्यक्षतामा सम्पन्न सभामा उक्त निर्णय लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *