कोभिड संक्रमित भएर मर्नेलाई खरसाङ नगरपालिका र मिशन श्वासद्वारा सम्मानसहित दाह संस्कार

खरसाङ : खरसाङ नगरपालिका अनि मिशन श्वासको संयुक्त पहलमा कोभिड संक्रमित भएर निधन हुनेको दाह संस्कार आज सम्मानपूर्वक गरियो। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 9 निवासी राम बहादुरलाई कोरोना संक्रमित भएपछि खरसाङ अस्पताल भर्ना गरिएको थियो भने तिनको हिज निधन भएको थियो। विपन्न परिवारका राम परिवारलाई सहयोग गर्न नगरपालिका अनि मिशन श्वास अघि आएको छ। दुई संस्थाको संयुक्त पहलमा स्वर्गीय राम बहादुरको अन्तिम संस्कार खरसाङको शमशान घाटमा विधिपूर्वक सम्पन्न गरियो। नगरपालिकाका टोलीलाई उपाध्यक्ष सुवास प्रधानले नेतृत्व दिएका थिए भने मिसन श्वासको टोलीलाई संयोजक पेमेन्द्र गुरुङले नेतृत्व दिएका थिए। खरसाङ नगरपालिका अनि मिशन श्वासले संयुक्त रूपमा कोभिड संक्रमणको कारण निधन हुनेहरूको विधिवत रूपमा दाह संस्कार गरिदिने कार्य गरिरहेको छ। खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधानले बताए अनुसार कोभिडको कारण निधन हुँदा मलामी पाउनु त कुरा परको हो तर शव उठाउने मानिससम्म पाउनु गार्हो हुन्छ अनि हामी नगरपालिकाले भोगेको सत्य पनि यही हो। त्यसैले हामीले यस्ता अवस्थामा निधन हुनेहरूको विधिपूर्वक अनि ससम्मान दाह संस्कार गरिनुपर्ने निर्णय लिएका हौं भनी बताए। यो महत् कार्यमा गोर्खा जनमुक्ति मोर्चाका महासचिव अनित थापाले पहल गरेको मिशन श्वासबाट पनि सहयोग पाइरहेका छौं भनी तिनले बताए। अर्कोतिर गोजमुमो महासचिव अनित थापाले मिशन स्वासमार्फत् समाजको सेवा नै मेरो लक्ष्य हो र खरसाङ क्षेत्रमा जति पनि कोभिडको कारण मृत्यु भइरहेको छ तिनीहरूको शवलाई अन्तिम संस्कार सम्मानपूर्वक भइरहेको छ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetmaltbahis girişperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes