कोभिड संक्रमितहरू स्वस्थ भएर काममा आएपछि सुकेपोखरी बीडीओद्वारा सम्मान

सुकेपोखरी : सुकेपोखरी खण्ड विकास कार्यालयमा गत 4 सेप्टेम्बरको दिन गरिएको रेपिड एन्टिजेन टेस्टमा पोजेटिभ आएका कर्मचारी लगायत खण्ड स्वस्थ्य केन्द्रका कर्मचारी, तामसाङका आशा कर्मी अनि सुकेपोखरी थानाका दुई सिभिक पुलिसले कोरोनालाई पराजय गरेर स्वस्थ भई आफ्नो सेवामा पुनः फर्किआएपछि आज एउटा कार्यक्रमबीच खण्ड विकास अधिकारी सुप्रतीक शाहले तिनीहरूलाई कोभिड वरियरको रूपमा परिचय गराउँदै सम्मान जनाए। आज खण्ड विकास अधिकारी शाह अनि खण्ड स्वस्थ्य अधिकारी डाक्टरले खदा लगाइदिनको साथै सम्मान पत्र प्रदान गरेर तिनीहरूलाई सम्मान जनाए। कार्यक्रममा सुकेपोखरी थाना प्रभारी सुदीप दास, जोरबङ्गलो थाना प्रभारी मिङमा लेप्चा, खण्ड स्वस्थ्य केन्द्रका डाक्टर, समाजसेवी बुद्ध तामाङ, खण्ड भूमि अनि भूमि सुधार विभागका अधिकारी, खण्ड कार्यालयका कर्मचारीहरू उपस्थित थिए। कार्यक्रममा पोजेटिभ आएका कर्मचारीहरूले होम आइसोलेसन बिताएका समय अनि अनुभवहरू सबैसित साझा गर्दै विभाग अनि स्वस्थ्य विभागले पुराएको सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *