कोभिड वरियर्सद्वारा ओकाइटीको डिस्पेन्सरीलाई अक्सीमिटर साथै पीपीई किट्स प्रदान

मिरिक: वर्तमान महामारीको परिस्थितिलाई केन्द्र गरेर कोभिड वरियर्स मिरिक 2021-ले ओकाइटी चियाबारीको डिस्पेन्सरी परिभ्रमण गर्नको साथै ओकाइटी चियाबारीसित संलग्न क्षेत्रवासीको सहयोगार्थ डिस्पेन्सरीलाई अक्सीमिटर एवं पीपीई किट्सहरू प्रदान गरे। उक्त वरियर्स टोलीमा लाडुप घिसिङ, सम्झौता राई, मिलन राई, पुनम छेत्री, कारछेन योञ्जन, अञ्जुल लोरूङ लगायत अन्यको उपस्थिति रहेको थियो। अर्कोतिर, उक्त सहयोगको निम्ति स्वास्थ्य कर्मी सबनम राईले वरियर्स टोलीप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *