सीपीआईएम-द्वारा नक्सलबारी पञ्चायत प्रधानलाई ज्ञापन

नक्सलबारी : विभिन्न मागहरूलाई लिएर आज सीपीआईएम नक्सलबारी एरिया कमिटीको तर्फबाट नक्सलबारी ग्राम पञ्चायत प्रधान अरुण घोषसित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। जब कार्ड, जमिनको पट्टा, राशन कार्ड,  नक्सलबारी क्षेत्रको विकास आदि जस्ता मागहरूलाई लिएर आज नक्सलबारी ग्राम पञ्चायत प्रधानसित भेट गरेर ज्ञापन पत्र चढाएको गौतम घोषले बताए।


यस अवसरमा गौतम घोष, झरेन राय, माधव सरकार, मोहम्मद इस्लाम, राधा गोविन्द घोष, बेबी राय, समर घोष, राम महन्तो लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *