सीपीआईएम-द्वारा बानरहाटमा विप्लव दिवस पालन

बानरहाट: बानरहाटमा सीपीआईएम दलीय कार्यालय अघि आज शहीदहरूलाई स्मरण गर्दै विप्लव दिवस पालन गर्‍यो। आजको दिनमैं सन् 1917मा रसियामा लेनिनको नेतृत्वमा पहिलो कम्युनिस्ट देश बनेको थियो। आजको दिनमा सारा विश्वमा नै कम्युनिष्टहरुले यस विप्लव दिवस पालन गर्ने गर्दछ्न्। आजको दिनलाई विशेष शपथ दिवस पनि भनिने गर्दछ। बानरहाट ब्लक कम्युनिष्ट पार्टीका सचिव दिपक कुमार कुण्डुले बताए अनुसार यो विप्लव दिवस आज विश्व भरिमा नै मनाइरहेको छ। आज विशेष गरेर लेनिनको नेतृत्वमा रसिया पहिलो कम्युनिष्ट देश बनेको थियो, यसैलाई मध्यनजर गर्दै आज कम्युनिष्टलाई सारा विश्वमा फैलाउने उद्देश्य लिएर शपथ पनि लिइने गरिन्छ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *