सीपीआईएम-द्वारा नगराकट्टा क्षेत्रमा सेनिटाइज

नगराकट्टा : कोरोना माहमारीको संक्रमणलाई रोकथाम गर्न साथै जनसाधारणलाई जागरूक गर्ने उद्देश्य लिएर सीपीआईएम पार्टीको तर्फबाट नगराकट्टा क्षेत्रलाई सेनिटाइज गरियो। सीपीआईएम पार्टीको नगराकट्टा शाखा र सुलकापाडा शाखाको तर्फबाट आज सुलकापाडा, सुलकामोड, नन्दुमोड, नगराकट्टा बजार क्षेत्रलाई सेनिटाइज गर्नको साथै स्थानीय मानिसहरूलाई माक्स वितरण पनि गरियो। यस कार्यक्रममा सीपीआईएम कृषक सभाका नेता नबीउल इस्लाम, कौस्तुब भट्टाचार्यराजा बोससञ्जीव बरूवा, कृष्णा उराव एवम् पार्टीका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *