सीपीआई (एम) द्वारा नक्सलबारी पोस्ट अफिस अघि विरोध प्रदर्शनी

नक्सलबारी: नक्सलबारी सीपीआई (एम) कमिटीको तर्फबाट आज नक्सलबारी पोस्ट अफिस अघि विरोध प्रदर्शन गर्दै पोस्ट मास्टरलाई भेटेर ज्ञापन पत्र चढाइयो। यस अवधि सीपीआई (एम) नक्सलबारी कमिटीका गौतम घोष, माधव सरकार, बिकास चक्रवर्ती, सुमन बर्मन, समर घोष, सुबीर पाल लगायत अन्य उपस्थित थिए। विकास चक्रवतीले दिएको जानकारी अनुसार नक्सलबारी सीपीआई (एम) एरिया कमिटीको अथक प्रयासले गर्दा नै पोस्ट अफिसमा आधार कार्ड सेन्टर राखिएको थियो तर गत केही दिन अघिदेखि आधार सेन्टर बन्द रहेको छ। यसैलाई ध्यानमा राखेर आज नक्सलबारी पोस्ट अफिस अघि विरोध प्रदर्शन गर्नको साथै पोस्ट मास्टरलाई ज्ञापन सुम्पिएको तिनले बताए। उक्त ज्ञापनमा आधार कार्ड केन्द्र पुन: शुरू गर्नु पर्ने, पोस्ट अफिसमा आएको राशन कार्डहरूको सही वितरण गरिनु पर्नेसहित अन्य मागहरू रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *