सीपीआईएम-को 23 औं जिल्ला सम्मेलन सिलगढीमा आजदेखि शुरू

सिलगढी: सिलगढीमा दुई दिवसीय सीपीआईएम-को 23 औं जिल्ला सम्मेलन माकपा कार्यालय अनिल विश्वास भवनमा आजदेखि शुरू भयो। जिल्ला सम्मेलनको शुरुवातमा सीपीआईएम-का नेताहरूले पार्टी कार्यालय अघि झन्डा फहराउनको साथै शहीद बेदीमा माल्यार्पण गरे। यस अवसरमा वामफ्रन्ट नेता अशोक भट्टाचार्य, जीवेश सरकार, सीपीआईएम राज्य सचिव सूर्यकान्त मिश्र लगायत अन्य नेताहरू उपस्थित थिए। यस सम्मेलनको माध्यमबाट आगामी नगर निगम अनि महकुमा चुनाउको माग गर्नको साथै पार्टीको कार्यक्रमहरू बारे चर्चा-परिचर्चा गरियो। यसको साथै एउटा नयाँ जिल्ला कमिटी पनि गठन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.