सीपीआईएम-को तर्फबाट सिलगढीमा लेनिनको जन्मदिन पालन

सिलगढी : आज भीआई लेनिनको 153औँ जन्मजयन्ती हो। दार्जिलिङ जिल्ला सीपीआईएम-को तर्फबाट सिलगढीको हिलकार्ट रोडस्थित अनिल विश्वास भवन अघि पार्टीको झण्डा उत्तोलन गर्नको साथै लेनिनको तस्विरमा माल्यार्पण गरेर जन्मजयन्ती पालन गरियो।


सीपीआईएम-का शीर्ष नेता अशोक भट्टाचार्य, जीवेश सरकार, दिलीप सिंह, जय चक्रवर्ती, सीपीआईएमका जिल्ला सचिव समन पाठक लगायत सीपीआईएम-का अन्य कार्यकर्ताहरूले लेनिनको तस्विरमा फुलमाला चढाएर श्रद्धा सुमन अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *