सिलगढी, 26 नोभेम्बर: सिलगढी नगर निगमको विरोधमा भ्रष्टाचारको आरोप लगाउँदै आगामी 29 नोभेम्बर धरना प्रदर्शनको घोषणा गरेको छ दार्जिलिंग जिल्ला सीपीआईएमले।
सिलगढीको अनिल विश्वास भवनमा मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे दार्जिलिङ जिल्ला सीपीआईएम-का अध्यक्ष जीवेश सरकारले जानकारी दिएका छन्। यस अवधि दार्जिलिङ जिल्ला सीपीआईएम-का सचिव समन पाठक, 45 नम्बर वार्डका काउन्सिलर मुन्सी नुरुल इस्लाम पनि उपस्थित थिए।
यस अवसरमा जीवेश सरकारले भने, पानीको समस्या दैनिक समस्या बनेको छ। नगर निगम विरूद्ध धेरै दुराचारका आरोपहरू छन्। विपक्षीहरूले यी समस्याहरू बोर्ड बैठकमा उठाउँदा तिनीहरूको आवाज दबाइन्छ र धम्की दिइन्छ। मेयर गौतम देव कुनै जवाफ दिन सक्दैनन्। त्यसैले, आगामी 29 नोभेम्बर अनिल विश्वास भवनबाट जुलुस निकालेर नगर निगमको अघि सभा गरिनेछ। नगर निगम बाहिर विरोध सभाको पनि आयोजना गरिनेछ।