सीपीआईएमएलले 12 वटा आसनमा चुनाउ लड्ने घोषणा

सिलगढी : पश्चिम बङ्गालमा तृणमूललाई पराजित गर्न अनि भाजपाको बढ्दो लोकप्रियतालाई रोक्नको लागि यसपल्टको विधानसभा चुनाउमा सीपीआईएमएल-ले मोठ 294 आसनमध्ये केवल 12 वटा आसनमा मात्र चुनाउ लड्ने भएको छ। विधानसभा चुनाउमा भाजपालाई पराजय गर्ने उद्देश्य लिएर केवल 12 वटा आसनमा आफ्नो प्रार्थी दिइने निर्णय लिएकोबारे आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सीपीआईएमएलका राज्य कमिटी सदस्य बासुदेव बसुले जानकारी दिएका छन्। तिनले बताएअनुसार गत विधानसभा चुनाउमा मोठ 31 वटा आसनमा सीपीआईएमएल प्रार्थीले चुनाउ लडेको थियो भने यसपल्ट भाजपालाई पराजय गर्ने उद्देश्य लिएर अन्य राजनैतिक दललाई मौका दिन केवल 12 वटा आसनमा मात्र आफ्नो प्रार्थीले चुनाउ लड्ने निर्णय लिएको छ। यस अवसरमा तिनले आउँदो विधानसभा चुनाउमा सीपीआईएमएलका प्रार्थीहरूलाई मतदान गर्ने तर भाजपाको कुनै पनि प्रार्थीलाई मतदान नगर्ने आहवान पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *