सीपीआई(एम) नक्सलबारी एरिया कमिटीद्वारा अस्पतालका बीएमओसीएचलाई ज्ञापन

नक्सलबारी : सीपीआई(एम) नक्सलबारी एरिया कमिटीको तर्फबाट आज नक्सलबारी अस्पतालको बीएमओसीएच-लाई 18 सूत्री मागलाई लिएर एउटा ज्ञापन पत्र सुम्पियो। यस अवसरमा गौतम घोष, माधव सरकार, बेबी राय, विकास चक्रवर्ती, मोहम्मद इस्लाम, राजु सरकार, प्रणव भट्टाचार्य लगायत अन्य सदस्यहरू उपस्थित थिए। नक्सलबारी अस्पतालमा एक्सरे शुरू गरिनुपर्ने, रोगीहरूको सटीक उपचार लगायत विभिन्न मागलाई लिएर आज उक्त ज्ञापन पत्र चढाएको विकास चक्रवर्तीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *