सीपीआईएम नेता बुद्ध कुमार मोक्तान लगायत 35 परिवार टीएमसी-मा सामेल

मङपु : मङपुका सीपीआईएमका वरिष्ठ नेता बुद्ध कुमार मोक्तान आफ्नो पार्टी त्यागेर टीएमसीमा सामेल भए। हिल टीएमसी रोन्चोङ ग्राम पञ्चायतको आयोजनामा सम्पन्न एउटा कार्यक्रममा बुद्ध कुमार मोक्तान लगायत 35 घर परिवार टीएमसीमा सामेल भएका छन्। यसैगरी, लाब्दा विभागका राजेश तामाङ पनि आफ्नो पार्टी त्यागेर टीएमसीमा सामेल भएका छन्। समर्थन कार्यक्रमलाई रोन्चोङ ग्राम पञ्चायत मूल सचिव बिशाल राईले सञ्चालन गरेका थिए भने नयाँ सदस्य बुद्ध तामाङले आफ्नो वक्तव्य राखे। रोन्चोङ ग्राम पञ्चायत युवा कन्भेनर साथै सचिव रोमन मगरले सामेल भएका नयाँ सदस्यहरूलाई आफ्नो पार्टीमा स्वागत जनाउँदै अब उसो सबै मिलेर आफ्नो क्षेत्रको विकास गर्ने वचन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *