सीपीआईएम नेताको शव उद्धार

इस्लामपुर : उत्तर दिनाजपुर जिल्लाको डालखोला थाना अन्तर्गत पातनो इलाकामा 55 वर्षीय सीपीआईएम नेता मोहम्मद रफीकको शव उद्धार भएको छ। तिनी सीपीआईएम पार्टीको शाखा सचिव थिए। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले आज राष्ट्रिय राजमार्गको किनारमा रहेको एउटा खाली ठाउँमा मोहम्मद रफीकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर डालखोला पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। अर्कोतिर, केही दुष्कृतिहरूले मोहम्मद रफीकलाई धारिलो हतियारले प्रहार गरेर हत्या गरेको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *