सीपीआईएम नेता शङ्कर घोषले पार्टी त्याग्ने हो-हल्ला

सिलगढी : नान्टु पालले हालै एसजेडीए-को भाइस चेयरम्यान पदबाट राजीनामा दिनको साथै तृणमूल कङ्ग्रेस त्यागेर स्वतन्त्र उम्मेद्वारको रूपमा चुनाउ लड्ने घोषणा गरेको केही दिनपछि सीपीआईएम-का शीर्ष नेता शङ्कर घोषले पनि पार्टी छोड्ने हल्ला सहरमा चुलिएको छ। तथापि, स्वयम् शङ्कर घोषले यसबारे हालसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन्। शङ्कर घोषको राजीनामाबारे आज बिहानैदेखि सोशल मीडियाहरूमा तिनले सीपीआईएम पार्टी त्याग्ने हो-हल्ला मच्चिएको छ। यस सम्बन्धमा वामफ्रन्टका कन्भेनर जीवेश सरकारसँग सम्पर्क गर्दा तिनले हालसम्म शङ्कर घोषले आधिकारिक रूपमा आफूहरूलाई कुनै प्रकारको राजीनामा दिएका छैनन्। तिनी केवल कामको व्यस्तताबाट केही समय आराम लिन चाहन्छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *