सीपीएम पार्टीबाट राजीनामा दिए शङ्कर घोषले

सिलगढी : पार्टीमा रहेर गत केही वर्षदेखि काम गर्न धेरै असुविधा भइरहेकोले गर्दा नै आफूले पार्टी छोडेको सीपीएम-का शीर्ष नेता शङ्कर घोषले बताए। छात्र छँदादेखि नै तिनले एसएफआईबाट राजनीति शुरू गरेका थिए भने पछि गएर तिनी सीपीएमको जिल्ला कमिटीमा सदस्य बनेका थिए। शङ्कर घोषले आज आफ्नै वासस्थानमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर आफूले नगरनिगमको प्रशासक मण्डलीको सदस्य पदबाट राजीनामा दिनको साथै दलको साधारण सदस्य पदबाट पनि राजीनामा दिएकोबारे पार्टीलाई पत्राचार गरिसकेको बताए। तिनले भने, केही सांगठनिक कारण साथै मतविरोधले गर्दा नै आफूले सीपीएम पार्टी छोडेको हो। पार्टीमा रहेर काम गर्न निक्कै असुविधा भइरहेकोले गर्दा आफूले पार्टी छोड्ने निर्णय लिएको तिनले बताए। तथापि, अन्य दलमा सामेल हुनेबारे सोधिएको प्रश्नको उत्तरमा तिनले हालसम्म कुनै पनि पार्टीमा सामेल हुनेबारे आफूले नसोँचे तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *