सीपीएम पार्टी कार्यालयमा सरकारी सम्पत्ति राखेको युवा तृणमूल-को आरोप

सिलगढी : सिलगढी नगरनिगमको 45 नम्बर वार्डस्थित सीपीएम पार्टी कार्यालयलाई वार्ड को-अर्डिनेटरले सरकारी कामको लागि व्यवहार गरिरहेको तृणमूल कङ्ग्रेसले आरोप लगाएको छ। यसैलाई लिएर आज 45 नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसको तर्फबाट प्रदर्शन गरियो। 45 नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेस अध्यक्ष रजत रायले सीपीएम पार्टी कार्यालयलाई वार्ड को-अर्डिनेटरले सरकारी कामको लागि व्यवहार गरिरहेको बताए। पार्टी कार्यालयमा सरकारी सम्पत्ति जस्तै फोहोर-मैला राख्ने प्लास्टिकको बाल्टी, सेनिटाइजर मसिन लगायत अन्य समानहरू राखिएको छ। वर्तमान समयमा बोर्ड अफ् एडमिनिस्ट्रेशनले सहरभरिमै वार्डको कामकाज गरिरहेको छ भने एउटा राजनीतिक पार्टी कार्यालयमा सरकारी सम्पत्तिहरू किन राखिएको छ भन्दै तिनले प्रश्न चिन्ह खड़ा गरेका छन्। अर्कोतिर, सीपीएम पार्टी कार्यालयमा उपस्थित कन्जर्भेसन विभागका कर्मी सुबीर दत्ताले पार्टी कार्यालयबाट नै धेरै समय अघिदेखि वार्डको देखरेखको काम चलिरहेको छ। 45 नम्बर वार्डमा को-अर्डिनेटरको आफ्नो कुनै कार्यालय छैन। तथापि, एक नम्बर वार्डमा एउटा कम्युनिटी हल निर्माण गरिरहेको अनि यसको निर्माण कार्य समाप्त भएपछि वार्ड कार्यालयलाई त्यहाँ सारिने तिनले बताए। अर्कोतिरवार्ड मास्टर अहिदीप चक्रवर्तीले आफूलाई स्थानान्तरण गरेर यहाँ पठाइको बताए। 45 नम्बर वार्डमा तिनलाई जुन कार्यालय दिएको छ त्यहीँ बसेर आफ्नो कामकाज गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *