सीपीएम प्रार्थी अशोक भट्टाचार्यले गरे सिलगढीको 6 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउको मिति घोषणा भएपछि वामफ्रन्ट, भाजपा तथा तृणमूलले युद्ध स्तरमा चुनाउ प्रचार शुरू गरेको छ। गत समय सीपीएम-को मुख्य प्रतिद्वन्द्वीको रूपमा केवल तृणमूल कङ्ग्रेस रहे तापनि यसपल्ट भाजपा पनि प्रतिद्वन्द्वीको रूपमा रहेको छ। तथापि, वामका शीर्ष नेता तथा प्रार्थी अशोक भट्टाचार्यले भाजपालाई त्यति महत्व दिन चाहेनन्। सिलगढीको 6 नम्बर वार्डका सीपीएम प्रार्थी अशोक भट्टाचार्यले आज वार्डको विभिन्न इलाकामा चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनी इलाकाको घर-घर तथा दोकानहरूमा गएर मानिसहरूसित भेट गर्नको साथै आफ्नो पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरे। यस अवसरमा तिनले भने, नगरनिगम चुनाउमा यसपल्ट सिलगढी सहरका मानिसहरू आफूहरूको साथमा रहेको छ। मानिसहरूबाट राम्रो प्रतिक्रिया पाएकोले नगरनिगम चुनाउमा विपुल मतले विजयी हुने तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *