सीपीआईएम प्रार्थी मौसमी हाजराको पहलमा सिलगढीको 19 नम्बर वार्डको विभिन्न इलाकामा सेनिटाइज

सिलगढी : सीपीआईएम प्रार्थी मौसमी हाजराको पहलमा आज सिलगढीको 19 नम्बर वार्डको विभिन्न इलाकामा सेनिटाइज गरियो। यसको साथै मौसमी हाजराले मानिसहरूलाई कोरोनाबारे सचेतनतामूलक सन्देश दिँदै मास्क पनि वितरण गरिन्। अत्याधुनिक मसिनको माध्यमद्वारा आज 19 नम्बर वार्डको विभिन्न इलाकामा सेनिटाइज गरियो। यस अवसरमा मौसमी हाजराले हाल कोरोना परिस्थितिमा चुनाउ प्रचार भन्दा पनि मानिसहरूको सहयोग गर्नु आफ्नो मुख्य लक्ष्य रहेको बताइन्। यसैले गर्दा आज 19 नम्बर वार्डको विभिन्न इलाकामा सेनिटाइज साथै मानिसहरूलाई कोरोनाबारे सचेत गराएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *