सीपीआईएम तथा कांग्रेसको तर्फबाट पानीट्याङ्कीमा ऱ्याली

खोरीबारी: केन्द्र सरकारको विरोध तथा किसान आन्दोलनलाई सहयोग पुऱ्याउँदै आज बोलाइएको भारत बन्दलाई सफलीभूत पार्न आज खोरीबारी ब्लकको भारत-नेपाल सिमानासित संलग्न पानीट्याङ्कीमा सीपीआईएम तथा कांग्रेसको तर्फबाट ऱ्यालीको आयोजना गरियो। कांग्रेस पार्टीको तर्फबाट सन्तोष कुमार सिंहले बताए अनुसार केन्द्र सरकारको जनविरोधी नीति विरूद्ध तथा किसान आन्दोलनको समर्थनमा आज पानीट्याङ्कीको विभिन्न क्षेत्रहरूमा ऱ्यालीको आयोजना गरियो। उक्त ऱ्यालीमा सीपीआईएम-को तर्फबाट रामकुमार छेत्री, मोहन छेत्री, बमबहादुर छेत्री, रकेट बर्मन, कांग्रेस पार्टीको तर्फबाट सन्तोष सिंह, अनन्तो बर्मन, संतोष झा, रंजीत बर्मन, प्रभु राम बर्मनसहित अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *