सीपीएम छोडेर 6 जना नेता सीपीआई-मा सामेल

सिलगढी : सीपीएम छोड़ेर पार्थ मैत्र सहित 6 जना नेता सीपीआई-मा सामेल भएका छन्। आज सीपीआई-को दार्जिलिङ जिल्ला सचिव अनिमेष ब्यानर्जीले तिनीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। पार्टीको नीतिबारे क्षोभ प्रकट गर्दै सीपीएम जिल्ला कमिटीका सदस्य पार्थ मैत्र, ज्योति दे सरकार, उज्जवल घोष, विपुल घोष, विजय चौधरी र अरिजीत गाङ्गुलीले सीपीएम छोडेर आज सीपीआई-मा सामेल भएका छन्। सीपीआई-मा सामेल भएपछि पार्थ मैत्रले भने, वामपन्थ बाहेक आफूहरूको अन्य कुनै सपना छैन। मानिसहरूबीच वामपन्थलाई लोकप्रिय बनाउने उद्देश्य लिएर आफूहरू आज अन्य कम्युनिस्ट पार्टीमा सामेल भएका हौँ। अर्कोतिर, सीपीआई-का जिल्ला सचिव अनिमेष ब्यानर्जीले भने, आज पार्टीमा सामेल हुनेहरूले केही नीतिगत कारणहरूले गर्दा नै पुरानो पार्टी छोड़ेको हो। तर तिनीहरू वामपन्थमै रहन चाहन्छन् यसैले आज तिनीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाइएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *