सीपीएम-द्वारा अग्निपीडितहरूलाई खाद्य सामग्री तथा न्यानो लुगाफाटा वितरण

सिलगढी : सिलगढी 18 नम्बर वार्डको खुदीराम कोलनीका अग्निपीडतहरूको सहयोगको लागि सीपीएम-ले सहयोगको हात बढाएको छ। सीपीएम 3 नम्बर एरिया कमिटीका सदस्यहरूले आज ती अग्निपीडितहरूलाई खाद्य सामग्री तथा न्यानो लुगाफाटा वितरण गरे। यस अवधि अशोक भट्टाचार्यले भने, अग्निपीडित परिवारहरूलाई खाद्य सामग्री लगायत स्थायी निवासको खाँचो रहेको छ। यसैले तिनीहरूलाई पट्टा प्रदानको माध्यमद्वारा स्थायीकरण गरिनुपर्ने तिनले अपील पनि गरे। यस अवसरमा सीपीएम नेता अशोक भट्टाचार्य, जीवेश सरकार, काउन्सिलर शरदेन्दु चक्रवर्ती, दीप्त कर्मकार र मौसमी हाजरा उपस्थित थिए। स्मरण रहोस्, केही दिन अघि सिलगढी 18 नम्बर वार्डको खुदीराम कोलनीमा आगलागी हुँदा धेरैवटा घर जलेर खरानी भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *