सीपीएम फुलबारी एरिया कमिटीद्वारा प्रधानलाई ज्ञापन

सिलगढी : जमिनको पट्टा लगायत विविध मागहरूलाई लिएर आज सीपीएमको फुलबारी एरिया कमिटीले प्रधानलाई एउटा ज्ञापन पत्र चढायो। रेलवेको जमिनमा बसोबासो गर्दै आइरहेका मानिसहरूले चाँडै जमिनको पट्टा प्रदान गरिनुपर्ने मागलाई लिएर सीपीएम फुलबारी एरिया कमिटीले फुलबारी 1 नम्बर अञ्चलका प्रधान नमिता करातीलाई एउटा ज्ञापन पत्र चढायो। संगठनका सचिव अनिमेष सरकारले बताएअनुसार उक्त क्षेत्रका मानिसहरूले केवल जमिनको पट्टा मात्र नभएर पिउने पानी, स्ट्रिट लाइट, सड़क लगायत विविध समस्याहरू भोग्दै आइरहेका छन्। यदि चाँडै तिनीहरूको माग पुरा नगरे लोग बृहद आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *