सीपीएम प्रार्थी सौरभ सरकारद्वारा सिलगढीको 4 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउको 4 नम्बर वार्डका सीपीएम प्रार्थी सौरभ सरकारले आज चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनले उक्त वार्डका मानिसहरूसित भेट गरेर आफूलाई मतदान गर्ने अपील पनि गरे। यस अवसरमा प्रार्थी सौरभ सरकारले भने, आज आफूले 4 नम्बर वार्डको घर-घर, दोकानहरूमा गएर इलाकाका मानिसहरूसित भेट गर्नको साथै तिनीहरूको विविध समस्याहरू सुने। चुनाउ प्रचार अवधि उक्त वार्डका मानिसहरूबाट राम्रो प्रतिक्रिया पाएकोले नगरनिगम चुनाउमा विपुल मतले विजयी हुने तिनले बताए। स्मरण रहोस्, विगत समयमा उक्त वार्डमा वाम दलको दखल थियो भने उक्त वार्डका काउन्सिलर परिमल मित्र तृणमूल कङ्ग्रेसमा सामेल भएपछि उक्त वार्डमा वाम दलको दखल हटेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *