क्रिकेटर ऋचा घोषलाई जन्मदिनको बधाई दिनेहरूको घुइँचो

सिलगढी (निसं) : क्रिकेटर ऋचा घोषको जन्मदिनको अवसरमा आज महत्वपूर्ण बनाउने उद्देश्य लिएर सिलगढी सहरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। आज बिहानैदेखि ऋचा घोषलाई जन्मदिनको बधाई दिनेहरू घुइँचो लागेको छ। ऋचा घोषको जन्मदिनको अवसरमा सिलगढीको कञ्चनजङ्गा स्टेडियममा एउटा कार्यक्रमको आयोजना गरिएको छ। यस अवसरमा मेयर गौतम देव, सिलगढी महकुमा क्रीड़ा परिषदका सदस्यहरू उपस्थित थिए। कार्यक्रममा विभिन्न संगठनहरूले ऋचा घोषलाई जन्मदिनको बधाई दियो। यसको साथै ऋचा घोषले केक काटिन्। जन्मदिनको अवसरमा ऋचा घोषले महकुमा क्रीड़ा परिषद र बाघाजतिन एथलेटिक क्लबलाई 1-1 लाख रुपियाँको चेक सुम्पिन्। मेयर गौतम देव लगायत मेयर पार्षदहरू आज बिहान ऋचा घोषको घरमा गएर तिनलाई जन्मदिनको बधाई दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *