क्रिकेटर ऋचा घोष र भारतीय हकी टीमका पूर्व कप्तान भरत छेत्रीलाई नागरिक संवर्द्धना

सिलगढी : विश्व कप विजेता क्रिकेटर ऋचा घोष र भारतीय हकी टीमका पूर्व कप्तान भरत छेत्रीलाई सिलगढी नगरनिगमको तर्फबाट नागरिक संवर्द्धना जनाइयो। सिलगढी दीनबन्धु मञ्चमा आज एउटा कार्यक्रमबीच मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, चेयरम्यान प्रतुल चक्रवर्ती लगायत मेयर परिषदले  ऋचा घोष र भरत छेत्रीलाई संवर्द्धना जनाए। यसबाहेक सहरका विभिन्न क्रीड़ा संस्था तथा क्लबहरूको तर्फबाट पनि तिनीहरूलाई सम्मानित गरियो। आफ्नो सहरमा संवर्द्धना जनाएकोमा ऋचा घोष र भरत छेत्रीले खुसी व्यक्त गरे। यस अवसरमा ऋचा घोषले भनिन्, आज आफूलाई सम्मान जनाएकोमा निक्कै खुसी छु। यसको लागि तिनले सबैलाई धन्यवाद दिइन्।


यसैबीच भोलि  ईडन गार्डन्समा चेन्नई र केकेआर बीच सम्पन्न हुने म्याचको लागि सलामी बल्लेबाजको रूपमा आफूलाई आमन्त्रित गरिएकोमा निक्कै खुसी लागेको तिनले बताइन्। दिग्गज खेलाडी धोनीको खेललाई नजिकैबाट हेर्ने अवसर पाएकोमा उत्साहित रहेको तिनले बताइन्। यसैगरी, भरत छेत्रीले भने, सिलगढीमा यस प्रकारको सम्मान पाएकोमा निक्कै राम्रो लागिरहेको छ। हकीलाई अझ अधिक लोकप्रिय बनाउनको लागि नगरनिगमको सहयोगमा सिलगढीमा एउटा अकादमी बनाउने विचार रहेको बताए। यसको माध्यमद्वारा खेलाडीहरूमा क्रिकेट झैँ हकीप्रति उत्साह बढ्न सकोसम। यस अवसरमा मेयर गौतम देवले भने, यस प्रकारको संवर्द्धना कार्यक्रमको माध्यमद्वारा नयाँ पिँढीलाई खेलप्रति प्रोत्साहित गर्न सक्नेछौँ। यसैले आज एउटा कार्यक्रमबीच ऋचा र भरतलाई संवर्द्धना जनाएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom