क्रिसमस अघि सिलगढीको सड़कमा मानिसहरूलाई जागरूक गराउँदै सान्ता क्लज

सिलगढी: भोलि क्रिसमस तथा बडादिन रहेकोले सिलगढी सहर रङ्गी-बिरङ्गी बिजुली बत्तीहरूले सजाइएको छ। मानिसहरूले आ-आफ्नो घरलाई क्रिसमस ट्री लगायत रङ्गी-बिरङ्गी बिजुली बत्तीहरूले सजाइएको छ। अर्कोतिर, क्रिसमसभन्दा अघि सान्ता क्लजले साधारण मानिसहरूलाई जागरूक गर्नको लागि सिलगढीको सडकमा ओर्लिएको छ। सिलगढीको स्वयंसेवी संगठन बन्धुचल वेलफेयर अर्गनाइजेशनले आज सान्ता क्लजको साथमा एउटा जागरुकता कार्यक्रमको आयोजना गर्यो। संगठनका सदस्यहरूले हातमा प्लाकार्ड बोकेर मानिसहरूलाई विभिन्न मुद्दाहरूबारे अवगत गराउँदै कोरोना भाइरसबाट जोगिने, सेफ वुमन सेभ नेशन लगायत अन्य विविध मुद्दाबारे जागरूकताको सन्देश दिए। यसको साथै सडकमा आवत-जावत गर्ने नानीहरूलाई चकलेट तथा ठुलाहरूलाई फुलको विरुवा प्रदान गरेर क्रिसमसको अग्रिम बधाई दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *