क्रिसमसको अवसरमा सिलगढीमा र्‍यालीको आयोजना

सिलगढी : क्रिसमस अर्थात् बड़ा दिनको अवसरमा आज सिलगढीको डागापुर मैदानबाट युनाइटेड क्रिष्टियन माइनोरीटी अर्गनाइजेसनको तर्फबाट एउटा रङ्गारङ र्‍याली निकालिइयो। उक्त र्‍याली डागापुरदेखि दार्जिलिङ मोड़, मल्लागढी हुँदै एयरभ्यू मोड़ पुगेपछि पुनः फर्किएर डागापुर मैदानमा समापन गरियो। उक्त र्‍यालीको माध्यमद्वारा संगठनका सदस्यहरूले सिलगढीवासीहरूमाझ आपसी भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने सन्देश दिए। यसको साथै संगठनको तर्फबाट एउटा रङ्गारङ कार्यक्रमको पनि आयोजना गरियो। उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा माइनोरोटी सेलका मन्त्री गुलाम रब्बानी उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *