क्रिसमसको अवसरमा रक्तदान शिविरको आयोजना

खोरीबारी : क्रिसमस अथवा बडादिनको अवसरमा खोरीबारी ब्लकको पानीट्याङ्की रूरल डेभलपमेन्ट एन्ड एडुकेसनल सोसाइटीको तर्फबाट आज रक्तदान शिविरको आयोजना गर्यो। खोरीबारी ब्लकको राजा राममोहन राय नवोदय विद्यालयमा आयोजना गरिएको रक्तदान शिविरमा गाउँका पुरुषहरू लगायत महिलाहरूले पनि रक्तदान गरे। रगतको संकट दूर गर्ने उद्देश्यले रक्तदान शिविरको आयोजना गरिएको सोसाइटीका सचिव बिमल सिन्हाले बताए। उक्त शिविरमा सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, किशोरी मोहन सिंह, रत्ना सिंह राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.