क्रिसमस रेली अनि प्री क्रिसमस कार्यक्रम सम्पन्न

मिरिक (निसं): युनाइटेड चर्चेस अफ् सौरेनी भेल्ली मिरिकको आयोजनामा आज सौरेनीमा क्रिसमस रेली तथा प्री क्रिसमस कार्यक्रमको आयोजना गरियो। यस अवसरमा युनाइटेड चर्चेस अफ सौरेनी भेल्लीको अध्यक्ष पस्टर रूबेन प्रधान, उपाध्यक्ष पास्टर निवास तामाङ, महासचिव पास्टर सागर कार्कीढोली, सहसचिव बिपेन थापा, कोषाध्यक्ष पास्टर विकास दर्जी, जुबिन प्रधान लगायत विभिन्न मण्डलीका पदाधिकारीहरू उपस्थित थिए। कार्यक्रमको प्रथम चरणमा क्रिसमस रेलीको आयोजना गरियो। उक्त रेलीले मिरिकले सौरेनी बजारको परिक्रमा गर्दै प्रभु यशुको सन्देश प्रचार-प्रसार गर्नको साथै सबैलाई क्रिसमसको शुभकामना दिए।


क्रिसमस रेली कार्यक्रम समाप्त भएपछि सौरेनी बजार सार्वजनिक भवनमा प्री क्रिसमस कार्यक्रम प्रार्थनाद्वारा सुरू गरियो। पास्टर विकास दर्जीले सञ्चालन गरेको कार्यक्रममा फुवागढी ब्यापटिज चर्जद्वरा स्वागत गीत प्रस्तुत गरियो। यसपछि पास्टर सागर कार्कीढोली, पास्टर सीपी लेप्चा, पास्टर निवास तामाङ आदिले बाइबलको वचनहरू सुनाउनको साथै क्रिसमसको महत्वबारे पनि विस्तृत रूपमा जानकारी गराए। आजको कार्यक्रममा विभिन्न चर्चको पहलमा सुन्दर गीत तथा नृत्यहरू पनि प्रस्तुत गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *