क्रिसमस ट्री तथा बिजुली बत्तीहरूले सिलगढी सहर झिलिमिली

सिलगढी : क्रिसमस डे अथात् बड़ादिन-लाई केन्द्र गरेर सिलगढी सहरलाई विभिन्न प्रकारको बिजुली बत्तीहरूले सजाइएको छ। यसको साथै सिलगढी सहरका विभिन्न भवनहरू लगायत अन्य ठाउँहरूमा बिजुली बत्तीहरू साथै क्रिसमस ट्री-द्वारा सजाइएको छ। सिलगढीको हिलकार्ट रोड, सेवक मोड़, एयरभ्यू मोड़ र दार्जिलिङ मोड़मा विभिन्न प्रकारको लाइटहरूले सजाइएको छ। यस सम्बन्धमा राज्यका पर्यटन मन्त्री गौतम देवले बताएअनुसार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार सिलगढी सहरलाई कोलकाता झैँ सजाइएको छ। गत 6 वर्षदेखि क्रिसमसको अवसरमा सिलगढी सहरलाई सजाउँदै आइरहेको छ। राज्यका पर्यटन मन्त्री गौतम देवले भोलि विधिवत् रूपमा उद्घाटन गर्ने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *