करोडौँ रुपियाँको ब्राउन सुगरसहित 2 जना पक्राउ

सिलगढी :स्पेसल टास्क फोर्स (एसटीएफ)-ले करोडौँ रुपियाँको ब्राउन सुगरसहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू मणिपुर निवासी हाफिजुर रहमान, झारखण्ड निवासी दालिम शेखको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा स्पेसल टास्क फोर्सका अधिकारीहरूले फुलबारी इलाकामा एउटा ट्रकलाई रोकेर छानबीन गर्दा ट्रकको गोप्य चेम्बरबाट 2 किलो 510 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लगभग अढाई करोड रुपियाँ रहेको थाहा लागेको छ। एसटीएफ सूत्रले दिएको जानकारीअनुसार उक्त ब्राउन सुगर मणिपुरदेखि बिहारतर्फ लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *