करोड़ौँ रुपियाँको ब्राउन सुगर सहित 3 जना पक्राउ

सिलगढी : एसओजी र भक्ति नगर पुलिसले संयुक्त अभियान चलाएर करोड़ौँ रुपियाँको ब्राउन सुगर सहित 3 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा रवि विश्वकर्मा, गोदाई विश्वास र विजय राय सामेल छन्। प्राप्त जानकारी अनुसार एसओजीले मादक पदार्थ तस्करी हुने गोप्य सूचना पाएपछि भक्तिनगर पुलिसलाई साथमा लिएर गत राति बानेश्वर मोड़ इलाकामा अभियान चलाएर तीनजना व्यक्तिलाई पक्राउ गर्नको साथै 819 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य करोड़ौँ रुपियाँ रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *