करोडौँ रुपियाँको ब्राउन सुगर उद्धार, एउटी महिलासहित दुईजना पक्राउ

सिलगढी : दार्जिलिङ जिल्लाको खोरीबारी थाना पुलिसले राष्ट्रिय राजमार्ग 2 पानीट्याङ्कीस्थित भारत-नेपाल सीमा नजिक गत राति अभियान चलाएर करोड़ौँ रुपियाँको ब्राउन सुगर, एउटी महिला सहित दुईजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले मालदा निवासी रूलेखा खातुन, दार्जिलिङ जिल्लाको शिमुलतला निवासी कल्याण रायको रूपमा चिन्हित गरिएको छ। दार्जिलिङ जिल्ला पुलिस एसपी सन्तोष निर्बलकरले आज पत्रकार सम्मलेनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार खोरीबारी पुलिस टीमले गोप्य सूचनाको आधारमा भारत-नेपाल सीमा नजिक अभियान चलाएर तस्करी गर्न अगावै दुई किलो ब्राउन सुगर उद्धार गरेको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लगभग एक करोड़ रुपियाँ रहेको बताइएको छ। खोरीबारी थाना पुलिसले पक्रा परेका दुईजना तस्करविरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गर्यो। मेट्रोपोलिटन पुलिस लगायत दार्जिलिङ जिल्ला पुलिसले पनि नशामुक्त सोसाइटी बनाउने उद्देश्य लिएर लगातार अभियान चलाइरहेको छ भने गत  3-4 महीनामा लगभग 70 देखि 80 मामिला दर्ता गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelerbetvolemobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetkargabetperabet girişİmajbetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes