करोड़ौँ रुपियाँको घोटाला गरेको आरोपमा कम्पनीका म्यानेजर र अकाउन्टेन्ट पक्राउ

सिलगढी : एउटा प्राइभेट कम्पनीको आडिटमा करोड़ौँ रुपियाँको घोटाला गरेको आरोपमा कम्पनीका म्यानेजर र अकाउन्टेन्टलाई प्रधान नगर थाना पुलिसले पक्राउ गरेको छ। पक्रा परेकाहरू चम्पासरी निवासी राजीव बसाक (22) र सुमन्त महन्तो सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार हिजो एउटा प्राइभेट कम्पनीका मालिकले चम्पासरी कार्यालयको जेनरल म्यानेजर र अकाउन्टेन्टले एक करोड़भन्दा अधिक रुपियाँको घोटाला गरेको भन्दै थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा प्रधान नगर थानाले ती 2 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदलातमा पेश गरेर पुलिस हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *